हाम्रो पेज मा सबैलाई स्वागत छ _/\_ प्रेम प्रणाम
Recent Movies

!!!पढौ अनी बुझौ !!! हिन्दू अनी बौद्ध धर्म को सम्बन्ध !!



सबैले शायद यही प्रश्न गर्लान कि हिन्दू धर्म को पेज मा किन बुद्ध धर्म को बयान भनेर - सबैलाई जानकारीको लागि म यो बताउन चाहन्छु कि बुद्ध को ज्ञान बाढ्नु को अभिप्राय धर्म को सस्थापना गर्नु थिएन , बुद्ध सबैलाई जिन्दगी को वास्तबिक ज्ञान दिन चाहन्थिए अनी बुद्ध ले मृत्‍यु पछी आफ्नो प्राप्ती हुने कुरा कहिले पनि भनेन उन्ले भनेको कुरा हत्या हिंसा काट्-मार ,झुटो नबोल्नु अरुलाई नसताउनु सबैलाई सहयोग गर्नु भन्ने हो त्यसैले उनिलाई शान्ती का अग्रदुत मानिन्छ अनी हामी नतमस्तक हुन्छौ । जस्ले बुद्ध ले भनेको अनुसार को नित्य गर्छ उस्ले मुक्ती अबस्य पाउदछ किन भने अरुको सहयोग गर्नु हत्या हिंसा नगरनु भनेको नै आँफैमा धर्म गर्नु समान हो । एउटा भजन मा भनिएको छ
भगवान खोज्न मन्दिर मा नजाउ !!
हृदय पनि त मन्दिर नै त हो !
दियो बाल आफ्नै मनमा --
हृदय पनि त मन्दिर नै हो !!

यस् भजन को चरितार्थ यो हुन्छ कि भगवान सबैको मन अनी हृदय मा हुन्छन हामीले आफ्नो मन लाई एक्चित अनी ठीक बाटो मा हिडाउन सके भगवान त्यही बाट खुशी हुने छन अनी प्राप्ती पनि ।
गीता मा भगवान श्री कृष्ण ले भन्नु भएको छ कि ! तिमीलाई इश्वर को प्राप्ती अनी मोक्ष हुनु छ भने आफ्नो कर्म मा ध्यान देउ अनी तेस्लाई निस्ठ भएर पालन गर त्यो नै इश्वोरिया साधना बराबर हुने छ । यस्-अर्थ बुद्ध को उहेश्य पनि यही नै थियो कि मानिस लाई सहि बाटो मा हिडाउन सके भगवान को अर्थ उनिहरुले आँफै बुझ्ने थिए त्यसैले त बुद्ध लाई बिष्णु भगवान को अवतार मानिन्छ अनी सबै हिन्दू अनी बौद्ध बिच नङ र मासु जस्तो सम्बन्ध छ ,हामी हिन्दू बौद्ध धर्म लाई आफ्नो परिवार मान्छौ त्यसैले बौद्ध अनी हिन्दू बिच को धार्मिक मेलमिलाप संसार मा उदारणिय रहेको छ । सबैले बुझ्न जरुरी छ सत्य अनी सहि मार्ग , आफ्नो तन मन जागरण गरौ अनी एक्चीत्त भएर बोलौ जय हिन्दू धर्म !! जय !! बौद्ध !! मार्ग अनी जय !! सनातन !! Admin-Subash

!! मेरा बा !!
(बुवा लाई सम्मान गर्ने ले लाईक अनि सेयर गर्न नभुल्नु है )

सब भुल मोक्ष गर्ने कुण्ड हुन् मेरा बा 
विशाल अनि शान्त समुन्द्र हुन् मेरा बा 
चाहे धर्ती फाटोस् चाहे आकाशले थिचोस्
व्यवहारका घट्टले जति सुकै पिसोस्
न बोली हड्बडाउँछ न खुट्टा लर्बराउँछन्
म हेर्या हेर्यै हुन्छु अखण्ड हुन् मेरा बा
Admin-Subash

जस्ले हिन्दू धर्म को गहिरी अध्यन् गरेर यस्को सत्यता को निचोड् मा पुग्ने मार्ग देख्दछ उस्ले यो सत्य बाट टाढा हुन कदापी खोज्दैन । जस्ले हिन्दू धर्म छाडेर अरु कुनै धर्म मा लागे त्यो मात्र लोभ या मोह को सिकार नै कारक हो नत्र उस्मा यदी ज्ञान अनी यस्को यथार्त देख्ने कुनै आधार हुन्थियो भने कदापी यी बिदेशी हिन्दू धर्म मा लाग्ने थिएनन सबैले यो यथार्त लाई सबै माझ पुराउन सक्दो सेयर गरौ ! जय सनातन हिन्दू धर्म ! Admin-Subash
साधारण तय विश्व को सबै भन्दा धेरै मानिस ले मान्ने धर्म कुन हो भन्दा क्रिस्टियन भनेर सबैले भन्न सक्छन यही कुरा हिन्दू धर्म को ग्रन्थ मात्रा नभै ईन्टरनेट को शब्दकोश विकिपीडियालाई आधार मानेर भन्ने हो भने पनि भगवान बिष्णु को ९ अवतार बुद्ध हुँदा बुद्ध धर्म पनि हिन्दू धर्म कै साख धर्म अन्तर्गत पर्न जान्छ र यही तथ्य अनुरुप हिसाब गर्दा अझै पनि धेरै अगाडि हिन्दू धर्म नै देखिन्छ । शायद एक तरह का बिरोधि हरुले हिन्दू धर्म र बुद्ध धर्म लाई फरक माने पनि बुद्ध जन्मिएको पारिवारिक पृष्‍ठ भुमी देखी बुद्ध ले दिएको सन्देश मा समेत् कहिले आफुलाई इश्वर भनेर नभनेको युक्ती लाई सबैले मान्ने हो भने घुमाउरो सत्य हिन्दू धर्म नै रहेको बुझ्न सकिन्छ । भगवान गौतम बुद्ध अनुसार समेटिएको बेद हिन्दू धर्म को प्रमुख ग्रन्थ हो । सत्य जस्ले जसरी बुझ्न खोजे पनि अनी जता बङाउन खोजे पनि कसै बाट लुक्न सक्दैन भन्ने सर्बबिदित नै छ । सबैले यो बुझ्न जरुरी छ बुद्ध धर्म अनी हिन्दू धर्म एक अर्काको परिपुरक् हुन जुन ईतिहास ले स्विकारेको छ अनी भबिश्य ले पनि स्विकार्नु पर्दछ । कसैको ब्यग्तिगत इक्ष्या अनी स्वार्थ ले हामी बिच को धर्मिक सम्बन्ध लाई खलल पार्न नदिन अनी आफ्नो अस्तित्व को जगेर्ना गर्ने समय आएको छ अब पनि तेरो मेरो अनी ठुलो सानो भनेर बस्दा ईतिहास नै मेटिने सम्भावना देखिन्छ त्यसैले आउ सबै मिलौ फेरी ॐ कार भित्र को घेरा मा बसेर ॐ माने पध्मे हुँ भन्दै ! जय सनातन धर्म भन्ने मुल मन्त्र बोकेर एकिकृत हुँदै आफ्नो देश अनी आफ्नो सस्कृती को सम्रक्षण एबम सम्बर्धन गरौ Admin-Subash
 —

! सबैले पढौ अनी सेयर गरेर सबैलाई पढ्ने अवसर प्रदान गरौ !

जसरि कसैले खुला आखाले आत्मा देख्न सक्दैन त्यसरि खुला आखा ले पर्मात्मा पनि देख्न सक्दैनौ ! पर्मात्मा देख्न ध्यान ,अनी चिन्तन गर्नु पर्छ अनि पर्मात्मा छुटाउन मानबिय स्वार्थ बाट माथी उठन सक्नु पर्छ ! अरुको शरिर भोजन गरी भोक मेटाउदा पर्मात्मा को स्वोरुप त्यो देह बाट उडेर जान्छ त्यसैले मांस ,मदिरा जन्य तत्व बाट सके सम्म सधैं टाढा रहनु पर्छ । सबैले बुझेको पुर्ण धर्म भनेको सनातन धर्म जस्ले आज को बिश्व अनि बिज्ञान सँग पनि खुलेर लड्न सक्छ ! कयौ मेडिकल बिज्ञान ले ठीक पार्न नसकेको रोग ब्याध-- योग ,चिन्तन अनि आयुर्बेद ले ठीक पारेको छ जुन हिन्दू धर्म भन्दा अरु कुनै धर्म मा पाउन सकिन्न । सबैले स्विकारेको सत्य अहिलेको आयुर्बेद अनि बिज्ञान, हिन्दू धर्म कै उपज मान्न सकिन्छ ।हाम्रो धर्म ले अन्धबिस्वास मा कसैलाई छोएर ठीक पार्न सकिन्छ भनेर भर्म दिदैन ,मरेको शरीर लाई प्राण दिने झुटो प्रचार गर्दैन बरु जडिबुटी अनि आयुर्बेद को बिज्ञान लाई मानब सभ्यता देखी जोडेर हामी लाई रक्षा गरेको छ , युरोप अनि अमेरिकि देश हरुमा अहिले योग अनि आयुर्बेद ले ठुलो बिश्वास कायम गरेको छ,ध्यान गर्दा बोलिने सबै वाक्य हरु सस्कृत अनि ॐ कार शब्द बाट पुर्ण हुने हुँदा अरु धर्म ले यस्को बिरोध गरे पनि अहिले ब्यापक रुप मा फैलिदै गरेको हिन्दू धर्म लाई कसैले नकार्न सक्दैन, हामी मा ज्ञान अनी चेतना को अभाब ले धर्म परिवर्तन हुँदा मुख्य कारक गरिबि अनी आवश्यकता लाई कमजोरी बनाएर हाम्रो कमजोरी को फाईदा कसैले लुट्न नसकुन आफ्नो धर्म को खुलेर रक्षा गरौ जय देश जय सनातन धर्म - 1 Like Hindu Religion
 
Support : Creating Website | Subash Template | Devloper
Copyright © 2014. Vajan collection - All Rights Reserved
Template Created by Creating Website Published by Subash Template
Proudly powered by Blogger