हाम्रो पेज मा सबैलाई स्वागत छ _/\_ प्रेम प्रणाम

!!!पढौ अनी बुझौ !!! हिन्दू अनी बौद्ध धर्म को सम्बन्ध !!



सबैले शायद यही प्रश्न गर्लान कि हिन्दू धर्म को पेज मा किन बुद्ध धर्म को बयान भनेर - सबैलाई जानकारीको लागि म यो बताउन चाहन्छु कि बुद्ध को ज्ञान बाढ्नु को अभिप्राय धर्म को सस्थापना गर्नु थिएन , बुद्ध सबैलाई जिन्दगी को वास्तबिक ज्ञान दिन चाहन्थिए अनी बुद्ध ले मृत्‍यु पछी आफ्नो प्राप्ती हुने कुरा कहिले पनि भनेन उन्ले भनेको कुरा हत्या हिंसा काट्-मार ,झुटो नबोल्नु अरुलाई नसताउनु सबैलाई सहयोग गर्नु भन्ने हो त्यसैले उनिलाई शान्ती का अग्रदुत मानिन्छ अनी हामी नतमस्तक हुन्छौ । जस्ले बुद्ध ले भनेको अनुसार को नित्य गर्छ उस्ले मुक्ती अबस्य पाउदछ किन भने अरुको सहयोग गर्नु हत्या हिंसा नगरनु भनेको नै आँफैमा धर्म गर्नु समान हो । एउटा भजन मा भनिएको छ
भगवान खोज्न मन्दिर मा नजाउ !!
हृदय पनि त मन्दिर नै त हो !
दियो बाल आफ्नै मनमा --
हृदय पनि त मन्दिर नै हो !!

यस् भजन को चरितार्थ यो हुन्छ कि भगवान सबैको मन अनी हृदय मा हुन्छन हामीले आफ्नो मन लाई एक्चित अनी ठीक बाटो मा हिडाउन सके भगवान त्यही बाट खुशी हुने छन अनी प्राप्ती पनि ।
गीता मा भगवान श्री कृष्ण ले भन्नु भएको छ कि ! तिमीलाई इश्वर को प्राप्ती अनी मोक्ष हुनु छ भने आफ्नो कर्म मा ध्यान देउ अनी तेस्लाई निस्ठ भएर पालन गर त्यो नै इश्वोरिया साधना बराबर हुने छ । यस्-अर्थ बुद्ध को उहेश्य पनि यही नै थियो कि मानिस लाई सहि बाटो मा हिडाउन सके भगवान को अर्थ उनिहरुले आँफै बुझ्ने थिए त्यसैले त बुद्ध लाई बिष्णु भगवान को अवतार मानिन्छ अनी सबै हिन्दू अनी बौद्ध बिच नङ र मासु जस्तो सम्बन्ध छ ,हामी हिन्दू बौद्ध धर्म लाई आफ्नो परिवार मान्छौ त्यसैले बौद्ध अनी हिन्दू बिच को धार्मिक मेलमिलाप संसार मा उदारणिय रहेको छ । सबैले बुझ्न जरुरी छ सत्य अनी सहि मार्ग , आफ्नो तन मन जागरण गरौ अनी एक्चीत्त भएर बोलौ जय हिन्दू धर्म !! जय !! बौद्ध !! मार्ग अनी जय !! सनातन !! Admin-Subash

Share this article :

Post a Comment

 
Support : Creating Website | Subash Template | Devloper
Copyright © 2014. Vajan collection - All Rights Reserved
Template Created by Creating Website Published by Subash Template
Proudly powered by Blogger